PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

छोरो जन्मिने आशमा नरिवल टिप्नेको भिड : पुलिसले वर्षायो लाठी, घाइते भए युवक

छोरो जन्मिने आशमा नरिवल टिप्नेको भिड : पुलिसले वर्षायो लाठी, घाइते भए युवक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : नेपालकै सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आज पालो थियो रथको टुप्पोबाट नरिवल खसाल्ने दिन। खसालेको नरिवल जसले समात्यो, उसको छोरो जन्मिने र चिताएको पुग्ने कथन परम्परादेखि चलिआएको छ। 

त्यसैले नरिवल टिप्नका लागि सयौँको भिड जम्मा हुने गर्छ। आज पनि प्रशस्त युवकहरु भेला भएका थिए। 

परम्परा अनुसार एक जना वृद्ध रथको टुप्पामा चढे र नरिवल फ्याँके। उनले माथिबाट नरिवल के फ्याँकेका थिए, तल युवकहरुबीच घम्साघम्सी चल्यो नरिवल टिप्न। 

शान्ति सुरक्षाको जिम्मा बोकेको प्रहरीले लाठिचार्ज समेत गर्‍यो र यस क्रममा एक जनाको टाउकोमा चोट परेर रगत बगेको समेत देखियो। 

यस पटक नरिवल टिप्ने सौभाग्य प्राप्त गरे लगनखेल निवासी नरेश देउलाले। परम्परा अनुसार उनले नरिवल रथमै रहेका मच्छिन्द्रनाथलाई चढाए। पूजारीले उनको निधारमा टीका र गलामा फूलमाला लगाइदिए। 

हेर्नुस् इलिट जोशीले खिचेका केही फोटो


ट्रेन्डिङ पोस्ट

Ncell