PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

अझै पत्ता लागेन इजिप्ट एयरको विमान, १२ देशका नागरिक यात्रु छन्



पहिलोपोस्ट

अझै पत्ता लागेन इजिप्ट एयरको विमान, १२ देशका नागरिक यात्रु छन्

पेरिसबाट कायरोतर्फ उड्ने क्रममा हराएको इजिप्ट एयरको विमान एमएस ८०४ मा १२ देशका नागरिक यात्रु रहेको एयरलाइन्सले जनाएको छ। इजिप्टको वायुसीमामा प्रवेश गरेको केही समयमै ३७ हजार फिटको उचाइमा उडिरहेको सो विमान राडारबाट बेपत्ता भएको थियो। 

सो एयरबस ए ३२० मा ५६ यात्रु र १० चालक दलका सदस्य गरी ६६ जना सवार रहेको इजिप्ट एयरले जनाएको छ। यसअघि विमानमा कूल ६९ जना सवार रहेको बताएको एयरलाइन्सले पछि विवरण सच्याएको हो।

विमानमा सबभन्दा बढी इजिप्टका ३० नागरिक छन्। त्यसैगरी फ्रान्सेली नागरिक १५ जना छन् भने इराकी दुई जना छन्। बेलायत, बेल्जियम, कुबेत, साउदी अरब, सुडान, चाड, पोर्चुगल, अल्जेरिया र क्यानडाका एक-एक जना नागरिक त्यसमा रहेको एयरलाइन्सले बताएको छ।


ग्राफिक्स : एलएटाइम्स

इजिप्टको सैनिक विमान र जलसेनाका जहाजहरु विमान दुर्घटना भएको शंकामा भग्नावशेषको खोजी गरिरहेका छन्। सर्च र रेस्क्यु अपरेसनका लागि ग्रिसले दुई वटा विमान पठाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell