PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’



पहिलोपोस्ट

  एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’

काठमाडौं : एकीकरणपछि माओवादी पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ रहने भएको छ।

यही नाम राख्न माओवादी नेताहरुबाट प्रस्ताव आएपछि एकता अधिवेशनमा छलफल भएको थियो। सोही अधिवेशनले पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ (माओवादी केन्द्र) राख्ने प्रस्ताव पारित गरेको हो।

महाधिवेशनका लागि भने ६ सय ९९ सदस्यीय आयोजक समिति बनाइएको छ। पार्टी बहुपदीय प्रणालीमा जाने र एक वर्षभित्र महाधिवेशन गर्ने समझदारी भएको नेता मणि थापाले बताए।
  
सँगसँगै रहेर १० वर्ष सशस्त्र युद्ध लडेका माओवादी नेताहरु शान्ति प्रक्रियापछि विभाजित भएका थिए। मणि थापाले क्रान्तिकारी कम्युनिस्ट पार्टी खडा गरेपछि विभाजन सुरु भएको हो। त्यसपछि मातृका यादवले नेकपा माओवादी,  मोहन वैद्यले क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी र केही दिनअघि मात्रै रामबहादुर थापा बादलले आफ्नो नेतृत्वमा पुनर्गठित क्रान्तिकारी माओवादी पार्टी खडा गरेका थिए। 

केही बेरमै बबरमहलमा रहेको कार्की पार्टी प्यालेसमा माओवादी पार्टीहरुको एकता घोषणा हुँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell