PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओली नेृतृत्वको सरकारको संरक्षणमा चरम महङ्गी र कालोबजारिया मौलाएको भन्दै सडकमै शंख फुकेको छ।

'जनताको गुनासा र आवाजहरु सरकारले सुनेन त्यसैले हामीले शंख फुक्दै र्‍याली गरेका हौँ', नेविसंघका प्रवक्ता युपि लामिछानेले शंख फुक्नुको कारणबारे भने। 

राजधानीको प्रदर्शनीमार्ग स्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको प्रदर्शन बागबजारमा टुङ्गिएको थियो। प्रदर्शनमा सहभागीहरुले कालो र‌ंगको कपडामा सेतो रंगले पोतिएको नारा सहितको कपडा लगाएका थिए।

'सरकार कता हरायो ओलीजी, देश त कालोबजारीले चलायो, ओली सरकारको बहार, जनतालाई राहत होइन मन्त्री नै मन्त्री उपहार, उखान टुक्काले चुल्हो बलेन, जनतालाई बाँच्न गाह्रो भयो', लगायतका नारा लेखिएको कपडा लगाएका थिए। हेर्नुस् फोटो-
 


ट्रेन्डिङ पोस्ट

Ncell