पर्सा : पर्सा महुबन गाविस- ३ का गौरीशंकर साह र लखनपुर गाविस–४ की १९ वर्षीया युवतीबीच वैशाख १७ गते बिहे हुने पक्कापक्की गरियो। केटा र केटी पक्षकै अभिभावकहरु सामाजिक परम्पराअनुसार बिहे गर्न मञ्जुर भए। बिहेको तयारी थालियो।
तर १७ गते केटीको घरमा न बेहुला पुगे न त जन्ती नै। दाइजो कम भएको भन्दै केटा पक्षका बाबुले अड्डी कसेपछि विवाह इन्कार गरिएको रहेछ। पीडित केटी पक्षका अभिभावको उजुरीका आधारमा प्रहरीले केटाका बाबु ४५ वर्षीय गणेश साहलाई पक्राउ गरेको छ।
साहलाई सामाजिक व्यवहार (सुधार) ऐन २०३३ बमोजिम कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। गौरीशंकर भने फरार छन्।