PahiloPost

Apr 11, 2025 | २८ चैत्र २०८१

आजदेखि लोडसेडिङको समय घट्यो, यस्तो छ नयाँ तालिका



पहिलोपोस्ट

आजदेखि लोडसेडिङको समय घट्यो, यस्तो छ नयाँ तालिका

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङको समय घटाएको छ। चर्को लोडसेडिङ खेप्दै आएका विद्युत उपभोक्तालाई यसले केही राहत मिल्ने भएको छ।

यसअघि दैनिक ११ घन्टा लोडसेडिङ हुँदै आएकोमा १ घन्टा घटाई दैनिक १० घन्टामा झारिएको हो। नदीमा पानीको बहाव केही बढेपछि विद्युत उत्पादनमा सुधार भएकाले राष्ट्रिय प्रसारणमा विद्युत आपूर्ति थपिएको छ। विद्युत उत्पादन केही बढेको कारण लोडसेडिङ घटाउन लागिएको प्राधिकारणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए। 
  
विद्युतको आन्तरिक उत्पादन गत वर्षको यही अवधिमा भन्दा करिब दुई सय मेगावाट कम छ। गत वर्ष भूकम्पका कारण यस बेला जनजीवन निकै कष्टकर थियो। उद्योगधन्दा बन्द भएकाले लोडसेडिङ धेरै बढेको थिएन।

‘लोडसेडिङ घटाउन सहज अवस्था छैन,’ कार्यकारी निर्देशक काफ्लेले भने, ‘अहिले बल्लतल्ल एक घन्‍टा घटाएका छौं । खोलामा पानीको बहाव बढ्यो भने केही दिनमै फेरि घटाउने तयारी छ।’

हेर्नुस् आजदेखि लागू गरिएको लोडसेडिङ तालिका :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell