PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

एक लाख कार्यकर्ता उतार्ने बाबुरामको दाबी, जेठ ३० मा नयाँ शक्ति पार्टी घोषणा



पहिलोपोस्ट

एक लाख कार्यकर्ता उतार्ने बाबुरामको दाबी, जेठ ३० मा नयाँ शक्ति पार्टी घोषणा

काठमाडौं : नयाँ शक्ति अभियान नेपालले राजधानीमा एक लाख सदस्य उतार्ने दाबी गरेको छ।

जेठ ३० मा दशरथ रंगशालामा हुने पार्टी घोषणा कार्यक्रममा देशभर र प्रवासबाट समेत एक लाख सदस्य भेला हुने यसका संयोजक डा बाबुराम भट्टराईले दाबी गरे।

आज आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी गराएका हुन्। जेठ ३० देखि तीन दिनसम्म हुने भेलामा १५ सय प्रतिनिधि/पर्यवेक्षक आउने उनले बताए।

प्रज्ञा भवनमा हुने बन्दसत्रमा पार्टीको संगठनात्मक विधान प्रतिवेदन, राजनीतिक प्रतिवेदन तथा आर्थिक समृद्धिको कार्ययोजना पारित गरिने भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

आर्थिक समृद्धि, सुशासन र समानुपातिक सहभागितामूलक लोकतन्त्र नै देश र जनताको अहिलेको कार्यसूची रहेको उल्लेख गर्दै उनले यही कार्यसूचीमा एकीकरण हुनका लागि आग्रह समेत गरेका छन्।

भट्टराईले आफ्नो पार्टीलाई ‘सुशासन, विकास तथा आर्थिक समृद्धि एवं समानुपातिक समावेशी सहभागितामूलक लोकतन्त्रको मूल लक्ष्यका साथ स्थापना हुन लागेको वैकल्पिक राजनीतिक धारको पार्टी’ भनेर अर्थ्याएका छन्।

राष्ट्रिय भेला आयोजनाका लागि भट्टराईको प्रमुख आतिथ्य र संगठन विभाग प्रमुख देवेन्द्र पौडेलको अध्यक्षतामा पार्टी घोषणा समारोह मूल व्यवस्थापन समिति गठन गरिएको छ।

यस्तै समारोह व्यवस्थित बनाउने भन्दै विभिन्न उपसमिति पनि निर्माण गरिएको छ। आर्थिक समिति संयोजकमा डा. भट्टराई नै छन्।
 
१४ वटा समितिमा को-को छन्? हेर्नुस् नामावली


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell