PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

११ दिने बुलेट पिस राइड सुरु, लुम्बिनीदेखि रारासम्म शान्तिको झन्डा फहराइने



पहिलोपोस्ट

११ दिने बुलेट पिस राइड सुरु, लुम्बिनीदेखि रारासम्म शान्तिको झन्डा फहराइने

काठमाडौं :  नासा बुलेट क्लबको अगुवाइमा काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड आजदेखि सुरु भएको छ। ११ दिनसम्म चल्ने उक्त राइडका लागि सहभागीहरु आज काठमाडौंबाट प्रस्थान गरिसकेका छन्।
 
२५६०औं बुद्ध जयन्तीको अवसर पारेर काठमाडौंबाट सुरु भएको पिस राइड नारायणगढ, लुम्बिनी, नेपालगन्ज, सुर्खेत हुँदै रारा तालसम्म पुग्ने आयोजकले बताए। पिस राइडमा बुलेट अर्थात् रोयल इन्फिल्डका बाइक राइडरहरु सहभागी हुनेछन्। सो यात्रामा १७ वटा बाइकमा २५ जना राइडर छन्। उनीहरुले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पुगेर शान्तिको कामना गर्ने बताइएको छ।

लुम्बिनीमा पोखराबाट आएका ‘द इन्फिल्ड ट्रुपर्स’का राइडर समेत पिस राइडसँग जोडिने नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए।
रारासम्म पुग्ने बाइकमा लुम्बिनीदेखि ‘शान्ति झन्डा’ राखिनेछ। बाइकसँगै शान्ति झन्डा पनि रारा पुर्‍याइने र द इन्फिल्ड ट्रुपर्सका राइडरहरु पोखरा फर्किने लिम्बुले बताए।

बुलेट क्लबले जुम्लाको सिञ्जा र मुगुको गमगढीमा विद्यालय शिक्षा कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री पनि वितरण गर्ने भएको छ। करिब तीन सय विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिने आयोजकले जानकारी दिएको छ।

केही वर्षयता मात्र सडक यातायातले जोडिएको कर्णाली अञ्चलको विकट स्थानमा पुगेर यो क्लबले एड्भेन्चर स्पोर्ट, ड्राइभ टुरिज्म र रोड सेफ्टीको सन्देश दिनका लागि कार्यक्रम बनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell