PahiloPost

May 22, 2025 | ९ जेठ २०८२

रोकियो मेरी कोमको ‌‌ओलम्पिक यात्रा



पहिलोपोस्ट

रोकियो मेरी कोमको ‌‌ओलम्पिक यात्रा

अस्टाना : एआइबीए महिला विश्व बक्सिङ च्याम्पियनको सेकेन्ड राउन्डमा पराजित भएपछि ५ पटक विश्व विजेता रहेकी एमसी मेरी कोमको ओलम्पिक यात्रा टुंगिएको छ।

५१ केजी समूहमा भिडेकी मेरी कोमले सन् २०१२ को लन्डन ओलम्पिकमा कास्य पदक हासिल गरेकी थिइन्। विश्व च्याम्पिय काजकिस्तानमा भइरहेको छ। उनलाई जर्मनीकी अजिजा निमानीले ०-२ ले पराजित गरिन्। निमानीले अब इटलीकी दाभिदा मर्जियासँग भिड्ने छिन्।

गर या मरको खेलमा मेरी कोम आक्रमक रुपमा प्रस्तुत भए पनि निमानीले आफूलाई नियन्त्रणमा राखेर नै उनलाई पराजित गरिन्। सुरुका दुई मिनेटसम्म निमानीले भारतीय खेलाडी मेरी कोमलाई आक्रमण गर्न सकेकी थिइनन्। तर खेल निमानीको पक्षमा गयो।

मेरी कोमको जीवनीलाई लिएर बलिउडमा फिल्मसमेत निर्माण भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell