PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

फोटोमा हेर्नुस् बुद्ध पूर्णिमाको दिन बुद्ध जन्मस्थल लुम्बिनी

फोटोमा हेर्नुस् बुद्ध पूर्णिमाको दिन बुद्ध जन्मस्थल लुम्बिनी

समर्थ रञ्जित/पहिलोपोस्ट


लुम्बिनी : २५६० औँ बुद्ध जयन्तिको दिन बुद्ध जन्मस्थल लुम्बिनीको रौनक बेग्लै थियो। यहाँ हुने भनिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई काठमाडौँमा सारिए पनि बुद्ध जन्मस्थलमा आजको दिन विशेष कार्यक्रमको आयोजना गरियो। 

अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीले तय गरेको १० बुँदे काठमाडौँ लुम्बिनी घोषणापत्र आज यहाँ सार्वजनिक गरियो। ५० हजारभन्दा बढी स्वदेशी विदेशी पाहुना सहभागी भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोखरेलले विश्वका २८ मुलुकका बौद्धमार्गी, बुद्धिजीवी र भिक्षुहरु सहभागी भएको सम्मेलनमा १० बुँदे घोषणापत्र जारी गरेका हुन्। बौद्ध गोष्ठीमा सहभागीहरुले १० बुँदामध्ये एउटामा नेपाल बुद्ध जन्मेको देशमात्र नभई बुद्ध धर्मको उद्गम स्थल र बुद्धको कर्मथलो भएको स्वीकार गरेका छन्।

बौद्ध गोष्ठी तथा बुद्ध जयन्ती समारोहमा २८ राष्ट्रका ३८५ जना विद्वान् तथा भिक्षु, भिक्षुणीलगायतको सहभागिता रहेको थियो । गोष्ठीमा नेपालसहित भारत, बङ्गलादेश, अस्ट्रेलिया, भुटान, कम्बोडिया, चीन, जर्मनी जापान, लिथुआनिया, मलेसिया, मङ्गोलिया, कतार, रोमानिया, दक्षिण कोरिया, श्रीलङ्का, स्विट्जरल्यान्ड, थाइल्यान्ड, टर्की, बेलायत, अमेरिका, भियतनामका विद्वान् र भिक्षुहरु सहभागी थिए । गोष्ठीमा भारतबाट नौजनाको टोली आएको थियो भने चीनबाट ३०१ जना, कोरियाबाट नौ जना, थाइल्यान्डबाट १४ जना, अमेरिकाबाट सातजना गोष्ठीमा भाग लिन आएका थिए। बुद्ध जयन्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। 

 


ट्रेन्डिङ पोस्ट

Ncell