PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

​म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा माउरिन्हो !



पहिलोपोस्ट

​म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा माउरिन्हो !

काठमाडौं  : इंगलिस क्लब म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षकको रुपमा जोस माउरिन्होलाई भित्र्याउने भएको छ। शनिबार म्यान युले ५३ वर्षिय पोर्चुगाली नागरिक माउरिन्होसँग यस बारेमा सैद्धान्तिक सहमति गरेको विविसीले उल्लेख गरेको छ।

चालु सिजनमा प्रशिक्षक लुइस भान गालको नेतृत्वमा क्लब च्याम्पियन्स लिग क्वालिफाइ पनि हुन नसकेको अवस्थामा म्यान यु ले उनलाई परिवर्तन गर्न खोजेको हो। माउरिन्हो गएको डिसेम्बरमा चेल्सीबाट बर्खास्तीमा परेका थिए।

क्लबले आगामी हप्ता प्रशिक्षक भान गालको अवधि सकिएको घोषणा गर्ने तयारी गरेको छ। बेलायती अनलाइन डेली मेलले म्यान यु ले माउरिन्होसँग ३ वर्षका लागि ३६ मिलियन पाउण्डको सम्झौता गरेको जनाएको छ।

तीन वर्षमा पहिलो उपाधि

शनिबार राती भएको खेलमा क्रिस्टल प्यालेसलाई हराउँदै म्यानचेस्टर युनाइटेडले उपाधि जितेको छ। क्रिस्टल प्यालेसलाई २-१ ले हराउँदै म्यान यु ले तीन वर्षयताको उपाधि खडेरी अन्त्य गरेको हो। म्यान युलाई जिताउन खेलको अतिरिक्त समयमा जेसे लिंगाडले गोल गरे।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ७८ औं मिनेटमा क्रिस्टल प्यालेसले अग्रता लियो। त्यसको तीन मिनेटमै जुआन माटाले गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित समयमा दुवै पक्षले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्न समयमा म्यान यु का लिंगाडले विजयी गोल गरे।

सर एलेक्स फर्गुसनले क्लब छाडेदेखि म्यान युले जितेको यो पहिलो उपाधि हो। उ यसवर्ष च्याम्पियन्स लिगमा छनोट पनि हुन सकेन। प्रशिक्षक लुइस भान गालको त्यसै कारण आलोचना भइरहेको छ।

शनिबार राती पोस्ट म्यान कन्फ्रेन्समा भान गालले भनेका छन्। मैले उपाधि जितेर देखाएँ, म यसबारे (क्लबमा आफ्नो भविश्यबारे) म मिडियाका साथीहरुलाई बताउन सक्दिन जसले मलाई ६ महिना पहिले नै बर्खास्त गरिसकेका थिए, मैलेजस्तो कुन म्यानेजरले गर्न सक्छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell