काठमाडौं : नेपालका उत्तम मोक्तानले ५० घण्टा १५ मिनेट लगातार योग म्याराथन गरी विश्व रेकर्ड कायम गरेका छन्।
यसअघि सो रेकर्ड भारतीय नागरिक योगराज सीपीको नाममा थियो। उनले ४० घण्टा १५ मिनेट विविध योगासन गरी राखेको विश्व रेकर्डलाई उत्तमले तोडेका हुन्। उत्तमले राखेको कीर्तिमानलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले भर्खरै मान्यता दिएको छ।
२०१५ डिसेम्बर १७ देखि १९ सम्म उनले काठमाडौंमै योग म्याराथन गरेका थिए। काभ्रे फोक्सिन्टार ३ का उत्तम विश्व दर्शन अभियान नेपालका सदस्य पनि हुन्। हाल अस्ट्रेलिया रहेका उनले यो सुखद समाचार आफ्नो लागिमात्र नभई सम्पूर्ण नेपालीको लागि गर्वको विषय भएको बताए।