PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

युवतीसँग झगडा परेपछि युवकले चलाए अन्धाधुन्ध गोली, २ को मृत्यु १० घाइते



पहिलोपोस्ट

युवतीसँग झगडा परेपछि युवकले चलाए अन्धाधुन्ध गोली, २ को मृत्यु १० घाइते

अस्ट्रियामा आयोजित ओपन कन्सर्टमा जथाभावी गोली चलाउँदा दुई मानिसको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। बन्दुकधारीले पछि आफूलाई पनि गोली हाने जसबाट उनको मृत्यु भयो।

बन्दुकधारीसँग एक युवतीबीच कार पार्किङमा चर्को झगडा परेको थियो। त्यसपछि त्यही झोकमा बन्दुकधारी युवकले कन्सर्टमा रहेका मानिसहरुलाई गोली हान्न थाले।

प्रत्यक्षदर्शीका अनुसार बन्दुक झिकेर कारबाट बाहिरिएका ती युवक पार्किङबाट सोझै कन्सर्ट भएको ठाउँमा पुगे र अन्धाधुन्ध फायरिङ खोले।
एउटा मोटरसाइकल क्लबले प्रयोग गरेको ठाउँमा कन्सर्ट भइरहेको थियो जहाँ गोली प्रहार भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell