PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

आशिकी ३ मा श्रद्धा आउट आलिया इन



पहिलोपोस्ट

आशिकी ३ मा श्रद्धा आउट आलिया इन

आशिकी २ सन् २०१३ मा रिलिज भएको चर्चित फिल्म हो जसमा थिए आदित्य रोय कपुर र श्रद्धा कपुर। यो फिल्म प्लट र एक्टरका कारणमात्र चर्चित थिएन। म्युजिक यसको सफलताको मन्त्र थियो।

बक्सअफिसमा जसरी सफल भयो अडियन्सले पनि उत्तिकै यसलाई साथ दिए। यो फिल्मको पछिल्लो डेभलोपमेन्ट भनेको तेस्रो सिक्बेलमा हिरोइनमा आलिया भट्ट आउँदैछिन्। फिल्म महेश भट्ट र मुकेश भट्टले बनाउँदैछन्।

त्यसो त श्रद्धा कपुरले आलिया तेस्रो सिक्बेलमा आउने सुनेकी छिन् यद्यपि कन्फर्म भइसकेकी छैनन्। तर उनले आलिया फिल्ममा जोडिनुलाई निक्कै खुसीको विषय भएको बताइन्। फिल्मको कथा पहिलेभन्दा फरक हुने भएकाले पनि उनलाई सिक्बेलमा हिरोइन फेरिँदा कुनै दु:ख लागेको छैन। उनले यतिसम्म कि फिल्म कुरेर हेर्नेसमेत बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell