PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

​नेविसंघ नेतृले ल्याए सुधारको प्रस्ताव : छात्रा सशक्तिकरणका लागि देशव्यापि अभियान



पहिलोपोस्ट

​नेविसंघ नेतृले ल्याए सुधारको प्रस्ताव : छात्रा सशक्तिकरणका लागि देशव्यापि अभियान

काठमाडौं : नेपाल विद्यार्थी संघका नेतृहरुले छात्रा सशक्तिकरण अभियान संचालन गर्ने भएका छन्। आज काठमाडौंमा भेला गरी नेविसंघ सुधार गर्दै देशव्यापी छात्रा सशक्तिकरण अभियान संचालन गर्ने निर्णय गरेको हो।

उनीहरुले आफ्नातर्फबाट देशव्यापी अभियान घोषणा गर्दै पार्टी र नेविसंघ नेतृत्वलाई संगठन सुधारका लागि ६ बुँदे माग समेत अघि सारेका छन्।

यस्ता छन् उनीहरुका माग

. विगत नौ वर्षदेखि हुन नसकेको नेविसंघको ११ महाधिवेशनको सुनिश्चिता सहित तत्काल मिति घोषणा गरियोस्

२. लाखौ विद्यार्थीको नेतृत्व विकाससँग जोडिएको स्वतन्त्र विद्यार्थी युनियनको ८ वर्षदेखि हुन नसकेको चुनाव गराउन नेविसंघका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरी चुनावको वातावरण बनाइयोस्

३. नेविसंघमा छात्रा नेतृत्व विकासका निमित्त विधानलाई पूर्णत समावेशी बनाउँदै नेपालको संविधानमा गरिएको राष्ट्रप्रमुख वा उपप्रमुखलगायत राज्यका प्रमुख संरचनामा प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला अनिवार्य हुने व्यवस्थाको मर्मलाई अत्मसाथ गर्दै नेविसंघको विधानमा पनि सो अनुरुपको व्यवस्था गरियोस्

४. नेविसंघले सबै संरचनामा कम्तिमा छात्राको ३३ प्रतिशत प्रतिनिधित्व हुने बैधानिक सुनिश्चितता गरियोस्

५. नेविसंघमा लामो समय देखि देखिएको नेतृत्व विकासको अवरुद्धता र ‘नविसंघ नेतृत्व विद्यार्थी उमेर समुहबाटै’ हुनुपर्ने आम विद्यार्थीको भाग बमोजिम नेविसंघ राजनीतिमा क्रियाशील रहने उमेरको हदबन्दी तोकी लागू गरियोस्

६. नेविसंघलाई राजनीतिक मुद्धामा मात्र नभइ शैक्षिक र सामाजिक मुद्धामा समेत सिर्जनात्मक भूमिका निर्वाह गर्नसक्ने सक्षम बनाउन यसको विधान संरचना कार्यक्रम र कार्शैलीमा समेत वृहतर परिवर्तनका लागि नीतिगथत सवालमा सुझाव दिन विशेष संयन्त्रको व्यवस्था गरियोस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell