PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

​न्युयोर्कको व्यस्त सडकमा धोती नृत्य र पञ्चैबाजा



पहिलोपोस्ट

​न्युयोर्कको व्यस्त सडकमा धोती नृत्य र पञ्चैबाजा

  • बिष्णुहरि घिमिरे-
न्युयोर्क : विश्वकै व्यस्त शहरमा पर्ने म्यानहाटनको ब्रोड वेले आइतबार फरक वातावरणको अनुभव गर्‍यो। चिल्ला मोटरका लागि २४ घण्टा नै आफुलाई अभ्यस्त पार्दै आएको ब्रोड वेमा आइतवार दिउँसोका केही घण्टा नेपाल सिङ्गै उत्रिएको थियो। जुन घटना ब्रोड वेको इतिहासमा विशुद्ध नौलो र पहिलो थियो।
 
न्युयोर्क र यस आसपासमा बस्दै आएका नेपालीहरुका विभिन्न संघ सस्थाहरुले संयुक्त आयोजना गरेकव नेपाल डे परेडले नेपाली र न्युयोर्क दुबैलाई नौलो अनुभव दिएको थियो। ब्रोड वे मा हिमालदेखि तराईसम्म पूर्वदेखि पश्चिमसम्म झल्किएको थियो।

नेपालको फरक भूगोल मार्फत अमेरिकामा आएका विभिन्न भाषा जातजाति आ आफ्नो भेषभूषा सहित परेडमा उपस्थित भएका थिए।

मधेशको धोती नृत्यदेखि, पञ्जेबाजा, तामाङ, गुरुङ, राइ लिम्बुका परम्परागत नृत्य, बाहुन क्षेत्रीका भजन देखि हिमालका सस्कृति एकै स्थानमा देखिएको थियो।

यस्तै नेपालका हिमाल, अन्य प्राकृतिक सुन्दरता,धार्मिक तथा सास्कृति धरोहरहरुलाई पनि चित्र मार्फत देखाइएको थियो।

फोटोहरु : विष्णुहरि घिमिरे
















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell