PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

सरकारी कागजातमा आफैं सही धस्काउँदै रकम असुल्ने दुई जना पक्राउ​



पहिलोपोस्ट

काठमाडौँ : सरकारी कार्यालयका कागजात तथा दस्तखत किर्ते गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
काठमाडौँ महानगरपालिका–३५ पेप्सीकोला बस्ने झापा दमक नगरपालिका–१५ का २६ वर्षीय सन्दिप दाहाल र सिनामंगल बस्ने झापा जुरोपानी–५ का ४३ वर्षीय ईश्वर भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
 
सेक्युरिटी गार्डमा दुबई जान लागेका विभिन्न व्यक्तिबाट रकम लिई सरकारी कार्यालयको कागजात तथा पदाधिकारीहरुको दस्तखत किर्ते गरी नक्कली सरकारी कागजात तयार गर्ने काममा उनीहरु संलग्न रहेको प्रहरीले जनाएको छ।
 
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सन्दिपलाई टेकुबाट पक्राउ गरेको थियो। उनलाई तलासी लिँदा झोलाबाट नेपाली सेनाको सिपाहीमा भर्ती भई काम गरेको भन्ने व्यहोराको एक थान नक्कली प्रमाणपत्र प्रहरीले बरामद गरेको छ। उक्त नक्कली प्रमाणपत्र बनाउन भट्टराई समेतको संलग्नता रहेको देखिएकाले उनलाई पनि सिनामंगलबाट प्रहरीले पक्राउ गरेको थियो।

उनीहरुलाई सरकारी छाप तथा दस्तखत किर्ते मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell