PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

अभिनेता राजबल्लभले फेसबुकमा लेखे- ‘याद गर्नुस्, सहयोग ठूलो सानो हुँदैन’



पहिलोपोस्ट

अभिनेता राजबल्लभले फेसबुकमा लेखे- ‘याद गर्नुस्, सहयोग ठूलो सानो हुँदैन’

काठमाडौं : गिरानचौर एकीकृत बस्ती निर्माणमा जुटेका हास्य कलाकार सीताराम घिमिरे (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई अभिनेता राजबल्लभ कोइरालाले आर्थिक सहयोग गर्ने भएका छन्।
 
अमेरिकामा रहेका अभिनेता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत धुर्मुस-सुन्तली फाउन्डेसनलाई एक लाख एक हजार सहयोग गर्ने जानकारी गराएका हुन्। आफ्नो हजुरबुवाको नाममा प्रदान गरिने सो रकम चाँडै उनीहरुको हात पर्ने पनि उनले उल्लेख गरेका छन्।

केही दिनअघि नायिका रेखा थापाले पनि एक लाख आर्थिक सहयोग गरिसकेकी छिन्। धुर्मुस-सुन्तली फाउन्डेसनले दसैंअगाडि नै बस्ती हस्तान्तरण गर्ने तयारी गरेको छ।
 
यस्तो छ राजबल्लभको फेसबुक पोस्ट:
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell