PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सञ्चारमन्त्रीलाई पत्रकार महासंघले बुझायो ध्यानाकर्षणपत्र, यस्ता छन् ११ बुँदे माग



पहिलोपोस्ट

सञ्चारमन्त्रीलाई पत्रकार महासंघले बुझायो ध्यानाकर्षणपत्र, यस्ता छन् ११ बुँदे माग

काठमाडौं : नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई भेटी नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानका लागि ११ बुँदे मागसहित ध्यानाकर्षणपत्र पेश गरेको छ।

महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आगामी बजेटमै यसको सम्बोधन गर्न मन्त्रीसमक्ष आग्रह पनि गर्‍यो।
श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिकमा पुनरावलोकन सिफारिस कार्यान्वयनका निम्ति मन्त्रिपरिषद्बाट भएको निर्णयको स्वागत गर्दै यसलाई तत्काल लागू गर्ने लगायतका बुँदा मागपत्रमा रहेका छन्।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री राईले ११ वटै बुँदामा मन्त्रालय सकारात्मक रहेको बताए। महासंघले उठाएका विषयहरू आगामी बजेटमा देखिने गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता समेत जनाएका छन् ।

यस्ता छन् महासंघले बुझाएको ध्यानाकर्षणपत्रका ११ बुँदे माग


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell