PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

घुस लिँदै गरेको अवस्थामा दुई वन कर्मचारी पक्राउ



रासस

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिइरहेको अवस्थामा दुई वन कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ।

घाट गद्दी गरिएको काठ बिमार्का (टाँचा) गर्दै गर्दा ती कर्मचारी समातिएका हुन्। सेक्टर वन कार्यालय बलचौर (कैलाली) का सहायक वन अधिकृत राजकुमार मल्ल र इलाका वन कार्यालय टीकापुरका रेञ्जर बाबुराम मिजारलाई रंगेहात पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालयका निमित्त प्रमुख विष्णुसिंह विष्टले बताए।
 
कैलालीको नारायणपुर बैदीमा घाट गद्दी गरिएको १ हजार ७ सय क्युफिट सिमलको काठमा बिमार्का गरिदिएबापत काठ खरिद गर्नेबाट उनीहरुले ७६ हजार ५ सय घुस लिएका थिए।

आयोगको महेन्द्रनगर र कोहलपुरस्थित कार्यालयको संयुक्त टोलीले निजहरुलाई बैदीमै पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell