PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

मधेसी मोर्चाद्वारा सर्वदलीय बैठक बहिस्कार



पहिलोपोस्ट

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा मधेसी मोर्चाका नेताहरु अनुपस्थित भएका छन्।

सिंहदरबारमा भरखरै सुरु भएको बैठकमा विभिन्न दलका नेताहरु पुगे पनि आन्दोलनरत मोर्चाका कुनै नेता गएनन्। आफू सार्थक वार्ताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री ओलीले हिजो आन्दोलनरत संयुक्त मधेसी मोर्चाले दिएको पछिल्लो पत्रको प्रत्युत्तर पठाउँदै वार्ताको आह्वान गरेका थिए।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशचन्द्र लोहनी, विजयकुमार गच्छदार, सुवास नेम्बाङ, भीव रावल, चित्रबहादुर केसी लगायतका नेताहरुको उपस्थिति छ।

यसअघि आन्दोलनरत मोर्चाले उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा नेतृत्वको वार्ता टोलीसँग नबस्ने भन्दै वैशाख ३१ गते जवाफ पठाएको थियो। मोर्चाले पत्रमा २६ पटक भएको वार्तामा सरकार गम्भीर रुपमा प्रस्तुत नभएको आरोप लगाएको थियो। यसपछि सिंहदरबार र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउपछि संघीय गठबन्धनले जेठ ५ गते थप १० दिन राजधानीकेन्द्रित आन्दोलन घोषणा गरेको थियो। सो आन्दोलन अहिले पनि जारी छ।

प्रधानमन्त्रीले हिजो ६ बुँदे पत्र पठाएर वार्ताका लागि सबैलाई डाकेका थिए। 
(फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell