PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

अवहेलना मुद्दामा प्रचण्डलाई सर्वोच्च अदालतको आदेश- 'तीन दिनभित्र जवाफ देऊ'



पहिलोपोस्ट

अवहेलना मुद्दामा प्रचण्डलाई सर्वोच्च अदालतको आदेश- 'तीन दिनभित्र जवाफ देऊ'

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई अवहेलना मुद्दामा तीन दिनभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ।
 
कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आफैं अदालतमा उपस्थित भई जवाफ दिन आज आदेश दिएको हो।
 
दाहालविरुद्ध गएको जेठ ३ गते अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालत ऐनको दफा ७ (१) बमोजिम अदालत अवहेलनाको मुद्दा दायर गरेका थिए।
 
प्रचण्डले एक कार्यक्रममा ‘शान्ति सम्झौताअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्वन्द्वकालीन मुद्दाहरुमा धमाधम फैसला गरेर न्यायालयले शान्ति सम्झौताविरुद्द नै भयानक षडयन्त्र गरेको’ तथा ‘अदालतले दिउँसै रात पार्दैछ’ भनेर अदालतको मानहानी हुने गरी सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्रिपाठीले रिट हालेका थिए।
 
दाहालको अभिव्यक्तिले अदालतको गम्भीर मानहानी भएको त्रिपाठीको भनाइ छ।
 
निवेदक त्रिपाठीले सर्वोच्च अदालत ऐन, २०४८ को ७ (१) बमोजिम हदैसम्मको (एक वर्ष कैद र १० हजार जरिवाना) सजाय माग गरेका थिए।
 
'अदालतले मुद्दाको गम्भीरतालाई विचार गरेर तीन दिनभित्रै उपस्थित हुन आदेश दिएको छ,’ त्रिपाठीले पहिलोपोस्टसँग भने, ‘न्यायालयको महत्व स्थापित गर्नका लागि यो एउटा महत्वपूर्ण आदेश हो।'

के भनेका थिए प्रचण्डले ?

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच माओवादी घटकले वैशाख ३१ गते आयोजना गरेको शान्ति सम्झौता र युद्धकालीन मुद्दा विषयक कार्यक्रममा के भनेका थिए? सुन्नुस् अडियो- 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell