PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

राजेन्द्र महतो भन्छन्- 'संविधान पुनर्लेखन होइन, संशोधन'



पहिलोपोस्ट

राजेन्द्र महतो भन्छन्- 'संविधान पुनर्लेखन होइन, संशोधन'

काठमाडौँ : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त मधेसी मोर्चाको माग संविधान पुनर्लेखन नभई संशोधन भएको बताएका छन्।
 
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संविधानमा जुनजुन धारामा गल्ती छ त्यसलाई सच्याएर संशोधन गरिनुपर्ने बताए। हामीले संविधान पुनर्लेखनको कुरा गरेर फेरि अर्को संविधानसभा जन्माउने कुरा गरेका होइनौँ,’ अध्यक्ष महतोले भने, ‘गल्ती भएका धारा सच्याएर संशोधन गर्न भनेका हौँ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको वार्ता आह्वान सकारात्मक भन्दै उनले मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, सहिद परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, झुटा मुद्दा फिर्ता, धरपकड बन्द र आफूहरुले पेस गरेको ११ बुँदे मागबारे सरकारको धारणा सार्वजनिक भए वार्ता गर्न तयार रहेको स्पष्ट पारे।
 
हामीले ३६ पटक सरकारसँग वार्ता गर्‍यौं तर कुनै उपलब्धि भएन,’ उनले भने, ‘सरकार वार्ताबाट समस्या समाधान गर्न जिम्मेवार छैन, हामी भने वार्ताबाटै समस्या समाधानको पक्षमा छौँ।

उनले यसो भने पनि सरकारले आज बोलाएको वार्ता मोर्चाले बहिस्कार गरेको थियो। आफू सार्थक वार्ताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री ओलीले हिजो आन्दोलनरत संयुक्त मधेसी मोर्चाले दिएको पछिल्लो पत्रको प्रत्युत्तर पठाउँदै वार्ताको आह्वान गरेका थिए।

वार्तामा आउने जानकारी गराए पनि अन्तिम समयमा उपस्थित नहुने जानकारी गराएको सरकारको भनाइ छ।
(राससको सहयोगमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell