PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

‘राष्ट्र र राष्ट्रियता सुदृढ गर्न राजसंस्था’



पहिलोपोस्ट

‘राष्ट्र र राष्ट्रियता सुदृढ गर्न राजसंस्था’

काठमाडौं : राप्रपा नेपाल समानान्तरका नेतृत्व पंक्तिले ‘राष्ट्र र राष्ट्रियता सुदृढ गर्न नेपालमा राजसंस्थाको आवश्यकता रहेको’ बताएका छन्।
 
पार्टीद्वारा आयोजित ‘राष्ट्र, राष्ट्रियता र राप्रपा नेपाल समानान्तर’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनीहरुले जनताको चाहना पनि राजसंस्था नै रहेको दाबी गरे।
 
‘नेपालको वस्तुस्थिति, सामाजिक, राजनीतिक, सांस्कृतिक परिवेश र भूराजनीतिको आधारमा पनि राजसंस्था आवश्यक छ,’ राप्रपा नेपाल समानान्तरका कार्यवाहक अध्यक्ष गणेश शेरचनले भने। यस्तै पार्टीका उपाध्यक्ष सत्यमान लामाले अहिलेका राजनीतिक नेतृत्वले जनताको आधारभूत आवश्यकता पूर्ति गर्ने सवालमा पूर्ण असफल भएको आरोप लगाउँदै ‘राष्ट्रहितका लागि राष्ट्रवादी शक्ति एकजुट हुन जरुरी रहेको’मा जोड दिए।
 
प्रवक्ता सगुन सुन्दर लावतीले सुसंस्कृत समाज र सबल प्रजातन्त्र भएको बेलायत, डेनमार्कजस्ता देशमा जस्तै प्रजातान्त्रिक पद्धति र लोकसम्मतिका आधारमा सञ्चालन हुने संवैधानिक राजतन्त्रको आफूहरुले वकालत गर्दै आएको बताएका छन्।
 
महामन्त्री श्याम तिमल्सिना, रामु राई, सहायक महामन्त्रीहरु किशोर गुरुङ, नवराज दाहाल, उर्मिला रावल र केन्द्रीय सदस्य प्रेमराज लावती लगायतले राजसंस्था स्वभावैले राष्ट्रवादी हुने भएकोले विगतको गल्ती सच्याउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell