PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​जन्ती बस पल्टिँदा चार जना घाइते



रासस

उर्लाबारी (मोरङ) : मोरङको इटहरामा आज बिहान जन्ती बस अनियन्त्रित भई दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
 
सिजुवाबाट झापाको जलथल जन्ती लिएर जाँदै गरेको मे १ ख १९६० नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो। उर्लाबारी–बरडङ्गा सडकखण्ड अन्तर्गत इटहरा–३ स्थित टालीभट्टामा भएको दुर्घटनाका घाइतेको इटहराकै चेतना हस्पिटलमा उपचार भइरहेको छ।

बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell