PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

हात्तीको दाह्रा र रक्तचन्दन कारोबारी प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

हात्तीको दाह्रा र रक्तचन्दन कारोबारी प्रहरी नियन्त्रणमा

काठमाडौं : वन्यजन्तु आखेटोपहार ओसारपसारमा संलग्न ४१ वर्षीय तेन्जिङ शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध टुसाल बस्दै आएका उनलाई गोप्य सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले टुसालबाटै मंगलबार पक्राउ गरेको हो।

२०६९ पुस २८ गते काठमाडौं महानगरपालिका–६ स्थित अटो क्लिनिक नामक ग्यारेजमा पार्किङ गरी राखेको उनकै बा२च ८२०० नम्बरको टोयोटा गाडीको डिक्कीभित्र अवैध सामान प्रहरीले फेला पारेपछि उनी फरार थिए। सो डिक्कीमा फल्स बटम बनाई लुकाइराखेको हात्तीको दाह्राबाट बनाइएका माला र रिङ ६४ थान र ६२ केजी रक्तचन्दन फेला परेको थियो।

हात्तीको दाह्रा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७२ पुस २२ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २२९ को दफा २६ (१) बमोजिम उनलाई ७ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।

पक्राउ परेका शेर्पालाई काठमाडौं जिल्ला अदालतमा पेस गरेपछि कैद भुक्तानका लागि अहिले केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell