PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने गिरोह पक्राउ



पहिलोपोस्ट

पोखरा :  विभिन्न प्रलोभनमा पार्दै नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी कार्यालय कास्कीले विषेश सूचनाको आधारमा स्याङ्जा स्वरेक ७ बस्ने ४९ वर्षीय विकास भन्ने डिलबहादुर सेन ठकुरी, ४५ वर्षीय लालेबहादुर दमै, नवलपरासी अरुणखोला ८ बस्ने ३७ वर्षीय प्रकाश सुनार, पर्वत हसौनी ६ का ४९ वर्षीय राम गुरुङ र कास्कीमै बस्दै आएका ४५ वर्षका धनबहादुर विकलाई पक्राउ गरेको हो।

जग्गा कारोबार गर्ने व्यक्तिहरुलाई जग्गा किन्ने भन्दै होटलमा बोलाएर उनीहरुले जुसमा नशालु पदार्थ मिसाई बेहोश बनाउने गरेको प्रहरीले बताएको छ। बेहोश भएपछि ती कारोबारीको साथमा रहेको पैसा, गरगहना, मोबाइल लुट्ने गरेको अभियुक्तहरुले बताएका छन्।
 
त्यस्तै उनीहरुले ट्याक्सी चालकलाई समेत ट्याक्सी रिजर्भ गरी विभिन्न खानेकुरामा नशालु पदार्थ मिसाई बेहोश बनाएर लुट्ने गरेको बयान दिएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरु कास्की, पाल्पा, चितवन, रुपन्देही लगायतका ठाउँमा सक्रिय थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell