PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

विमानस्थलमै साढे ३ किलो अवैध सुन भित्रियो, सिंगापुरका नागरिक प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

काठमाडौं :  अवैध रुपमा भित्र्याइएको साढे तीन किलो सुनसहित भारतीय मुलका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

सिंगापुरका नागरिक मारुगाइयन सेल्भकलाई विमानस्थलको भन्सारले नियन्त्रणमा लिएको छ। उनी मालिन्दो एयरको ओडी ८०४ लाइटबाट मंगलबार राति करिब साढे ८ बजे विमानस्थल झरेका थिए।

सेल्भकले ल्याएको माइक्रोवेभमा ३७ पिस सुन लुकाई राखेको अवस्थामा भन्सारले बरामद गरेको छ। अवैध रुपमा सुन भित्र्याएका उनलाई अहिले अनुसन्धानको लागि भन्सारको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell