PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

मिनीट्रक पल्टिँदा चार जनाको मृत्यु, १४ घाइते



रासस

कावासोती : पूर्वपश्चिम राजमार्गस्थित नवलपरासीको हर्कपुरमा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।
 
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार सल्यानबाट मजदुर बोकेर काठमाडौं हिँडेको बा२क ११३७ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा दुई पुरुष र दुई महिलाको मृत्यु भएको हो।

​मृत्यु हुनेहरुको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। इँट्टाभट्टामा काम गर्ने मजदुर बोकेको उक्त ट्रक अनियन्त्रित भई पिपलको बोटमा ठक्कर खाएर पल्टँदा १४ जना घाइते भएका छन्।
 
ट्रकमा १८ जना यात्रु सवार थिए। घाइतेको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell