PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

सेवाग्राहीलाई दु:ख दिने २६ जना यातायात कार्यालयबाटै समातिए



पहिलोपोस्ट

ललितपुर : ललितपुरस्थित यातायात कार्यालय परिसरबाट सेवाग्रहीलाई दु:ख दिने र बिचौलियाको काम गर्ने २६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले 'काम चाँडै गरिदिने' भन्दै सेवाग्राहीबाट ५ सयदेखि ५ हजार रुपैयाँसम्म उठाउने गरेका थिए। पक्राउ पर्नेहरुमा १९ महिला र ७ जना पुरुष रहेका छन्। 

केही महिनाअघि महानगरीय प्रहरी परिसर ललितपुरले पनि बागमती यातायात व्यवस्था कार्यलयबाट सेवाग्रहीलाई दु:ख दिँदै बढी रकम असुल्ने ४० जनालाई पक्राउ गरेको थियो। बागमती यातायात व्यवस्था कार्यालय परिसरमा बिचौलियाका कारण सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell