पर्सा : दुई नाबालक छोरीको हत्या गरेको अभियोगमा बारा कलैया बस्ने २२ वर्षीया सविता देवीलाई प्रहरीले पक्राउ गरेको छ।
सविताले मंगलबार वीरगन्ज उपमहानगरपालिका–१८ भेडियाइस्थित खोलामा आफ्नी छोरीहरु ४ वर्षीया काजल र ३ वर्षीया अनितालाई पानीमा डुबाई हत्या गरेकी थिइन्। छोरीहरुको हत्यापछि आफूले समेत आत्महत्या गर्न खोजेको अवस्थामा स्थानीयवासीले देखेका थिए। प्रहरीको सहयोगमा पक्राउ गरिएकी उनीबारे अनुसन्धान भइरहेको छ।