PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

कोही धर्मपुत्रीलाई बलात्कार गर्ने, कोही छोरी नै बेच्ने



रासस

मलेखु (धादिङ) : चार वर्षीया धर्मपुत्रीलाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस–४ का ४८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
 
पटकपटक बलात्कार गरेको भन्दै पीडित बालिकाले आमालाई सुनाएपछि अभियुक्त बाबुलाई पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यस्तै, आफ्नै छोरीलाई ललाइफकाई दलालको हातमा बिक्री गर्न लागेका नुवाकोट उर्लेनी बस्ने ४८ वर्षीय अर्का पुरुष पनि पक्राउ परेका छन्। उनीसँगै झापा दमक नगरपालिका–११ का ४३ वर्षीय प्रकाशकुमार आचार्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

आचार्यमार्फत विदेश बेच्न लान लागेको आशंकामा धादिङको नौबिसेबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जीयारले जानकारी दिए। अभियुक्त दुवैलाई मानव बेचबिखनअन्तर्गत मुद्दा चलाइने तयारी गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell