PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

चक्काजाममा निजी गाडीमात्र चल्ने, बिहान ५ देखि बेलुका ५ बजेसम्म भाडाका गाडी बन्द



पहिलोपोस्ट

चक्काजाममा निजी गाडीमात्र चल्ने, बिहान ५ देखि बेलुका ५ बजेसम्म भाडाका गाडी बन्द

काठमाडौं : ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ताको माग गर्दै जेठ १३ गते चक्काजाम घोषणा गरेका यातायात व्यवसायीले निजी सवारी साधन चल्न दिने भएका छन्।
 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा बुधबार बसेको बैठकले भाडाका सवारी साधनलार्इ पूर्ण रुपमा रोक लगाउने तर निजी सवारी साधनलार्इ कुनै अवरोध नगर्ने निर्णय गरेको हो। महासंघका महासचिव सरोज सिटौलाले निजी सवारी साधनलार्इ समेत हडतालमा सहभागी हुन आह्वान गरिने बताए।
 
हामीले निजी सवारी साधनलार्इ कुनै अवरोध गर्दैनौं तर उनीहरुलाई हडतालमा सहभागी हुन आह्वान भने गरेका छौं, उनले भने, ‘ट्राफिक प्रहरीको ज्यादतीविरुद्ध उहाँहरुको समेत समर्थन रहेनछ। बिहीबार बिहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म भाडाका सवारी साधन नचल्ने उनले जानकारी दिए।
 
यातायात व्यवसायीले राजमार्ग लाइफलाइन भएकोले बन्द, हडताल निषेध गर्दै शान्ति क्षेत्र घोषणा कार्यान्वयनको माग गरेर चार वर्षअघि सरकार र सबै राजनीतिक दललार्इ ज्ञापनपत्र बुझाएका थिए। यही प्रतिबद्धताका लागि सबै निकाय धाउने यातायात व्यवसायी नै हडतालमा उत्रिएपछि धेरैले व्यवसायीमाथि प्रश्न उठाएका छन्।

आफ्नो सीमित फाइदाका लागि आम उपभोक्तालार्इ बन्धक बनाउने काम गर्दैछन् त्यो पनि सार्वजनिक रुपमै,’ सर्वसाधारणको गुनासो छ, ‘यातायात क्षेत्रमा एकाधिकार बजार स्थापित गराएर उपभोक्तालार्इ नै बन्धक बनाउने काम राम्रो होइन।
 
यातायात व्यवसायीको माग पूरा गराउन महासंघबाहेक नेपाल ट्रक कन्टेनर महासंघ र नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघसमेत एकै ठाउँमा उभिएका छन्।

ट्राफिक प्रहरीले जेठ १ गतेदेखि न्युनतम ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना गर्ने गरी सवारी ऐन संशोधन अनुसारको व्यवस्था लागू गरेको थियो। त्यसैअनुसार ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना रसिद काट्न सुरु गरेपछि यातायात व्यावसायी र मजदुर संगठनहरुले आन्दोलन घोषणा गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell