PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विद्यार्थीको माग- ‘रातो बंगला र सिद्धार्थ वनस्थलीसहित १३ विद्यालयलाई कारबाही गर’



रासस

काठमाडौँ : आन्दोलनरत विद्यार्थी संगठनहरुले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कार्यान्वयन नगर्ने विद्यालयलाई कारबाहीको माग गरेका छन्।

संयुक्त रुपमा आज पत्रकार सम्मेलन काठमाडौं, ललितपुर र भक्तपुरका १३ विद्यालयलाई कारबाही गर्न शिक्षा मन्त्रालयसित माग गरेका हुन्।
रातो बंगला, डिएभी, लिटिल एन्जेल्स, आइडियल मोडेल, जेम्स, वृहस्पति, सिद्धार्थ वनस्थली, ग्यालेक्सी, एसएबी, अक्सिडेन्टल, मातृभूमि, राजश्री गुरुकुल लगायतका विद्यालयलाई कारबाही गर्नुपर्ने विद्यार्थीको माग छ।
 
ती विद्यालयमा अनुगमन गर्दा आर्थिक पारदर्शिता नभएको, कक्षा १ मा अधिकतम ३० हजारभन्दा बढी शुल्क उठाइएको, छात्रवृत्ति अनियमित तथा अपारदर्शी भएको, अनावश्यक शीर्षकमा शुल्क लिइएको र भौतिक संरचना मापदण्डविपरीत पाइएको नेविसंघका प्रवक्ता युपी लामिछानेले बताए।
 
सो निर्देशिकालाई तत्काल कार्यान्वयन गर्न आजै शिक्षामन्त्री गिरीराजमणि पोखरेलको ध्यानाकर्षण गराइने प्रवक्ता लामिछानेले जानकारी दिए।
 
नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अखिल क्रान्तिकारी लगायत १४ विद्यार्थी संगठन संयुक्त रुपमा आन्दोलनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell