PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

बिचौलिया समातिएपछि यातायात व्यवस्था कार्यालयमा तोडफोड



पहिलोपोस्ट

काठमाडौँ : ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा तोडफोड भएको छ।
 
सवारी चालक अनुमतिपत्र बागमतीको सो कार्यालयमा तोडफोड हुँदा भवन नं १ को सबै सिसा फुटेका छन्। कार्यालय प्रमुख उमेश बस्नेतका अनुसार करिब डेढ लाखको क्षति पुगेको छ।
 
मंगलबार दिउँसो सेवाग्राहीको फाइल बोकेर राजस्वबाहेक अतिरिक्त पैसा लिई काम गर्ने २६ जना बिचौलियालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको थियो।
 
उनीहरुले 'काम चाँडै गरिदिने' भन्दै सेवाग्राहीबाट ५ सयदेखि ५ हजार रुपैयाँसम्म उठाउने गरेका थिए। 
 
परिसरले लेखापढी व्यवसायीका नाममा दलाली गरी सेवाग्राहीसँग पैसा असुलेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिए पनि छानबिनपछि १३ जनालाई छाडिएको छ। अन्य १३ जनालाई प्रमाणसहित सार्वजनिक मुद्दाको प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए।
 
केही महिनाअघि महानगरीय प्रहरी परिसर ललितपुरले पनि बागमती यातायात व्यवस्था कार्यालयबाट सेवाग्रहीलाई दु:ख दिँदै बढी रकम असुल्ने ४० जनालाई पक्राउ गरेको थियो।
(राससको सहयोगमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell