PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

कोकिनको अन्तर्राष्ट्रिय कारोबारमा गिरोह नै संलग्न, नेपाली नागरिकसहित चार जना पक्राउ



पहिलोपोस्ट

कोकिनको अन्तर्राष्ट्रिय कारोबारमा गिरोह नै संलग्न, नेपाली नागरिकसहित चार जना पक्राउ

काठमाडौं : नेपाललाई ट्रान्जिट बनाएर कोकिनको अन्तर्राष्ट्रिय कारोबार गर्ने ४ जनालाई लागूऔषध नियन्त्रण ब्युरोको टोलीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको छ।

ब्युरोले २ किलो ६ सय ८३ किलोग्राम कोकिन र करिब १३ लाख रुपैयाँ सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। आज पत्रकार सम्मलेन गरी सार्वजनिक गरिएकाहरुमा नेपाली नागरिकसहित भारतीय, नाइजेरियन र भेनेजुएलाका नागरिक पनि छन्।

पक्राउ पर्नेहरुमा तनहुँ धर्मपानी ९ घर भई काठमाडौंमा बस्दै आएका २९ वर्षीय दिलबहादुर गुरुङ, भारतका ३० वर्षीय तोहिद खान, नाइजेरियाका ३७ वर्षीय मोहम्मद लामिनी र भेनेजुएलाका ४९ वर्षीया महिला यमेरिस कामरिन रहेका छन्।

उनीहरुले माछा मार्न प्रयोग हुने नाइलको डोरीमा लुकाएर सो परिमाणको कोकिन चीन पुर्‍याउन लागेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीका अनुसार बरामद कोकिनको बजार मूल्य ५ करोड ३६ लाख ६० हजार हुन आउँछ।

कोकिन कारोबारमा यीबाहेक पाकिस्तान, चीन र कम्बोडियाका नागरिकको समेत संलग्नता रहेको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्दले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell