PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सद्देलाई एड्स रोगी भन्ने डाक्टरसामु ३ लाख अमेरिकी डलर क्षतिपूर्ति माग



रासस

सद्दे मानिसलाई एड्स रोगी भनेपछि...
जेनजाउ : चीनका एकजना सर्वसाधारण किसानलाई स्वास्थ्य जाँचको क्रममा चिकित्सकले एचआईभी एड्स भएको भनेपछि उनले अहिले आएर क्षतिपूर्ति दाबी गरेका छन्।
 
चीनका एकजना किसानलाई चिकित्सकले स्वास्थ्य जाँचका क्रममा सो सङ्क्रमण देखाएका थिए। तर त्यसको करिब ११ वर्षपछि आफूलाई त्यस्तो कुनै रोग नदेखिएको प्रमाणित भएपछि उनले क्षतिपूर्ति दाबी गरेका हुन्।
 
मध्य चिनियाँ प्रान्त हेनानका ५३ वर्षीय किसानले सन् २००४ मा गरिएको स्वास्थ्य जाँचका क्रममा उनलाई सो रोग लागेको भनिएको र हाल आएर त्यो सङ्क्रमण नपाइएकोले उनले सो दाबी गरेका हुन्।
 
उनको सन् २००४ मा जेनपिङ काउन्टीमा स्वास्थ्य परीक्षण भएको थियो। त्यस समयमा आफूलाई गलत परीक्षण गरी त्यस्तो रोग देखाइएको भन्दै ती किसान याङ सौफाले आफूलाई क्षतिपूर्ति दिनुपर्ने सो काउन्टीको उपचार केन्द्रसँग माग गरेका हुन्।
 
उनले आफूले सो रोग लागेको भनेका कारणले जीवनमा धेरै दुःख पाएको भन्दै उक्त जिल्लाको स्वास्थ्य परीक्षण गर्ने केन्द्रसँग सो माग गरेका हुन्।
 
तर सो केन्द्रका उपनिर्देशक उ जापाङले भने त्यस समयमा कम्तीमा पनि २ लाख ८० हजार नागरिकको स्वास्थ्य परीक्षण गरेकाले एकको रगत अर्काको कागजमा परेको हुनसक्ने भनेका छन्।
 
उनले त्यस समयमा आम रूपमा नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र त्यस समयका सबै परीक्षण रिपोर्टहरू रहेको र परीक्षण गर्ने उपकरणहरू पनि कमसल नरहेको दाबी गरेका छन्।
 
तर ती किसानले भने आफ्नो जीवनमा यस घटनाले ठूलो क्षति पुगेको भन्दै यसका लागि कम्तीमा पनि तीन लाख अमेरिकी डलर बराबरको क्षतिपूर्ति सो केन्द्रले दिनुपर्ने माग गरेका छन्।
 
यसका कारण एड्स उपचार केन्द्रमा आफू जानुपर्ने, बर्सेनि स्वास्थ्य परीक्षण गराउनुपर्ने तथा अरु विभिन्न खालाको तनाव व्यहोर्नुपरेको पनि बताएका छन्।
 
उनले सन् २०१२ सम्म नै स्वास्थ्य केन्द्रमा यस्तो उपचार गराउने गरेको तर पछि आएर मात्र आफूलाई यस्तो सङ्क्रमण नै नभएको पाइएको थियो। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell