काठमाडौं : प्रहरीले काठमाडौं महानगरपालिका–४ चण्डोलस्थित खाली जग्गाबाट प्लास्टिकको बट्टामा राखिएका केही विष्फोटक पदार्थ बरामद गरेको छ।
बरामद विष्फोटक पदार्थमा हर्नेटको ५ बटा गोली, त्यसको म्यागजिन १ थान, पेस्तोलको गोली १ राउन्ड र एसएलआरको ४० राउन्ड गोली रहेका छन्। ती सामग्री कसले राखेको हो भने खुल्न सकेको छैन। यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।