PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

फुटबलर विमल घर्तीकी बहिनी घरमै मृत भेटिइन्, प्रेमीसहित ३ पक्राउ



सविन ढकाल

फुटबलर विमल घर्तीकी बहिनी घरमै मृत भेटिइन्, प्रेमीसहित ३ पक्राउ

काठमाडौं :  राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती घरमा मृत अवस्थामा भेटिएकी छन्।

१७ वर्षकी मनिषा बुधवार राति आफ्नै घर बर्दघाट नगरपालिका ८ मा मृत अवस्थामा भेटिएकी प्रहरीले जानकारी दिएको छ। ११ कक्षाको परीक्षा दिएकी मनिषा बुधबार घरमा एक्लै थिइन्।

नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र चौधरीले उनको हत्या वा आत्महत्या हो भन्ने पुष्टि नभएको बताएका छन्। घटनामा संलग्नको अभियोगमा प्रहरीले आशिष चौधरीसहित ३ जनालाई पक्राउ गरेको छ।

एसपी चौधरीले मनिषाको प्रेमीबाटै हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिएको बताएका छन्। आशिष र मनिषाबीच प्रेम सम्बन्ध रहेको र त्यसकै कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। 

फोटो : विमल घर्तीमगरको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell