काठमाडौं : मधेसकेन्द्रित दलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत हुने संसद बैठक बिहीबार बहिस्कार गरेका छन्।
संसद बैठकको सुरुमा नै बोल्दै तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल रायले आफुहरु संविधानको पहिलो मस्यौदा बन्दादेखि नै आन्दोलनमा रहेपनि सत्तापक्षले पेलेर अगाडि बढेको बताए।
बिहीबारको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दैछन्।