PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

सालकको खपटासहित आखेटोपहार कारोबारमा संलग्न दुई जना समातिए



पहिलोपोस्ट

सालकको खपटासहित आखेटोपहार कारोबारमा संलग्न दुई जना समातिए

काठमाडौं : संरक्षित वन्यजन्तुको आखेटोपहार कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

धादिङको निलकण्ठ इलाकामा संरक्षित वन्यजन्तुहरुको आखेटोपहार ओसारपसार तथा खरिद-बिक्री भइरहेको सूचना पाएपछि गएको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

सालकको खपटा



पक्राउ पर्नेहरुमा धादिङ मैडी-४ की २९ वर्षीया मीनमाया तामाङ र ललितपुर बालकुमारीका ३२ वर्षीय विजय महर्जन रहेका छन्। उनीहरुलाई धादिङको निलकण्ठ नगरपालिका- ८ शशादेउरालीबाट नियन्त्रणमा लिइएको हो।

उनीहरुको साथबाट प्रहरीले संरक्षित वन्यजन्तुको हड्डी ३ केजी ९ सय ग्राम र सालकको खपटा १ केजी ६८० ग्राम बरामद गरेको छ। पक्राउपछि उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय धादिङमा बुझाइएको छ।
 
संरक्षित विभिन्न वन्यजन्तुको आखेटोपहार

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) अन्तर्गत उनीहरुलाई कारबाही चलाइने ब्युरोले जनाएको छ।

संरक्षित वन्यजन्तु मार्ने, घाइते बनाउने, गैरकानुनी आखेटोपहार खरिद-बिक्री तथा तस्करी गर्नेलाई ४० हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना वा एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell