PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

​नक्कली सर्टिफिकेट पेश गरेको अभियोगमा अनुसन्धान अधिकृतमाथि मुद्दा



पहिलोपोस्ट

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत रणदिप खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ।

राष्ट्रिय अनुसन्धान विभाग, सिंहदरवारमा कार्यरत खड्काले बढुवा प्रयोजनको लागि पेश गरेको त्रिभुवन विश्वविद्यालयबाट बिकम उतीर्णको प्रमाणपत्र नक्कली देखिएको अख्तियारले जनाएको छ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ र २९(२) तथा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको सजायँ माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell