
काठमाडौं : बेलायती पार्लियामेन्ट्री ग्रुपको निमन्त्रणामा लन्डन पुगेकी सभामुख ओनसरी घर्ती मगरले आयोजना गरेको रात्रीभोजमा ६ लाख रुपैयाँ खर्च भएको छ।
नेपालका सांसदहरुसहित पुगेकी सभामुख घर्तीले नेपाली दूतावासमा रात्रीभोज आयोजना गरेकी थिइन्। लन्डनमा रहेको नेपाली दूतावासमा बेलायती सांसदका प्रतिनिधि एवम् विशिष्ट व्यक्तिको सम्मानमा आयोजित रात्रीभोजका लागि ६ लाख १२ हजार ९ सय २० रुपैयाँ मन्त्रिपरिषदले विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ।