PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

मनिषाको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइँदै



पहिलोपोस्ट

काठमाडौं : बुधबार राति आफ्नै घरमा मृत अवस्थामा भेटिएकी मनिषा घर्तीको शव पोस्टमार्टमको लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

उनको हत्या भएको आशंकामा २२ वर्षीय प्रेमी आशिष भनिने रुद्रप्राद चौधरीसहित अर्का एकलाई पक्राउ गरे पनि थप अनुसन्धानपछि मात्रै घटनाको पुष्टि हुने प्रहरीले बताएको छ।
 
काठमाडौंको शिक्षण अस्पतालमा ल्याएर पोस्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी राजेन्द्र चौधरीले जानकारी दिए। ‘हाम्रो प्रारम्भिक अनुसन्धानले हत्याअघि बलात्कार भएको देखाएको छ,’ उनले भने, ‘शवको पोस्टमार्टमले थप रहस्य खुलाउनेछ।’

पक्राउ परेका आशिष र मनिषाबीच प्रेम सम्बन्ध रहेको र त्यसकै कारण हत्या भएको हुन सक्ने पनि प्रहरीको आशंका छ। 

मृतक मनिषा राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी हुन्। १७ वर्षकी मनिषाको शव बर्दघाट नगरपालिका ८ नवलपरासीमा फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell