PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

पाइरेट्स अफ क्यारेवियन स्टार जोनी डीपको डिभोर्स हुँदै



पहिलोपोस्ट

पाइरेट्स अफ क्यारेवियन स्टार जोनी डीपको डिभोर्स हुँदै

पाइरेट्स अप क्यारेवियन स्टार जोनी डीप र उनकी पत्नी अम्बर हियर्डले सम्बन्ध विच्छेदका सबै प्रकृया पूरा गरेका छन्।

बिहेको १५ महिनापछि डीपकी पत्नीले सम्बन्ध असहज भएको भन्दै पारपाचुकेका लागि निवेदन दर्ता गरेकी हुन्। सम्बन्ध विच्छेदमा उनले ५२ वर्षे हिरोबाट आर्थिक सहयोगसमेत उपलब्ध हुनुपर्ने मागसहित लस एन्जल्सको अदालतमा मुद्दा दायर गरेकी हुन्।

जोनी डीपकी आमाको मृत्यु भएको साता नबित्दै उनले डिभोर्सको प्रकृया अगाडि बढाएकी हुन्। डीपकी आमाको ८१ वर्षको उमेरमा निधन भएको थियो। यो जोडीको कुनै सन्तान छैन। 
फोटो रोयटर्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell