PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​सत्तरी तोला सुनसहित दुई पक्राउ



रासस

लहान : प्रहरीले सिरहा नगरपालिका–११ स्थित भलुवाही चोकबाट गएराति ७० तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ।
 
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाका आधारमा सुनसहित सिरहा नगरपालिका–१० सारस्वर निवासी २१ वर्षीय तमन्ना दफाली र सोही ठाउँका २२ वर्षीय मोहमद इजराइल दफालीलाई पक्राउ गरेको हो।
 
स६प ६३२४ नंको पल्सर मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँचका क्रममा १०/१० तोलाको सातवटा सुनको बिस्कुटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
 
पक्राउ परेकाहरुको साथबाट डियुबीआई युएई १० तोला लेखिएको छवटा र एसयुआइएसएसई १० तोला लेखिएको एकवटा सुनको बिस्कुट, नगद ३४ हजार ८०० र दुई थान सामसुङ मोबाइल बरामद भएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए।
 
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell