PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

​पोहरभन्दा यसपाला घट्यो नेपालीको आम्दानी



पहिलोपोस्ट

काठमाडौं : भुकम्प र नाकाबन्दीका कारण नेपालीहरुको प्रति ब्यक्ति आम्दानी करिब एक हजार रुपैयाँले घटेको छ। गत वर्ष एक नेपालीको वार्षिक आम्दानी ७७५ अमेरिकी डलर रहेकोमा यसपाली ७६६ डलरमा सीमित भएको छ। आज एक डलरको मूल्य १०८.०८ रुपैयाँ छ।
 
एक नेपालीको वार्षिक आम्दानी ८२ हजार ७८९ रुपैयाँ २८ पैसा छ। यो हिसाबले एक नेपालीले दैनिक २२६ रुपैयाँ ८१ पैसा कमाउँछन्।
सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार पाँच वर्ष अगाडि पनि यसैगरी नेपालीहरुको आय घटेको थियो। प्रति ब्यक्ति कुल ग्राहस्त उत्पादन पनि १० डलरले घटेर ७५२ डलरमा खुम्चिएको छ।
 
सरकारले यस वर्षको आर्थिक बृद्धि दर ०.७७ प्रतिशत मात्र कायम हुने जनाएको छ। गत वर्षको आर्थिक वृद्धि दर २.३२ प्रतिशत थियो। सेवा क्षेत्रको वृद्धि दर घट्नुका साथै उद्योग क्षेत्र ६.३ प्रतिशतले ऋणात्मक भएका कारण समग्र आर्थिक वृद्धि दरमा असर देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell