
काठमाडौँ : कथा संग्रह ‘कामरेडको कथा’की लेखिका गायत्री विष्टलाई २०७२ सालको ‘फेडोल उत्कृष्ट सिर्जना पुरस्कार’ प्रदान गरिने भएको छ।
यो पुरस्कार सूर्यविनायक–२, कटुन्जे भक्तपुरस्थित फेमकुमारी–डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने गर्छ। पुरस्कारको राशी १० हजार रहेको प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलले जानकारी दिए।