PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रमुख प्रतिपक्षी दलका नेता देउवाले भने : प्रधानमन्त्री हावादारी भए



रमेश वाग्ले

प्रमुख प्रतिपक्षी दलका नेता देउवाले भने : प्रधानमन्त्री हावादारी भए

काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'हावादारी' भएको आक्षेप लगाउँदै बजेटको दुरुपयोग नगर्न चेतावनी दिएका छन्।

नेपाल प्रेस युनियनको २५ औँ स्थापना दिवसको कार्यक्रममा देउवाले भने - 'म चेतावनी दिन चाहान्छु बजेटको दुरुपयोग नहोस्। भयो भने कांग्रेसले कडा प्रतिवाद गर्छ।'

'ओली हावादारी हुन्'

देउवाले देशमा सवारी साधनसमेत राम्रोसँग चल्न नसकेको उदाहरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गरे। 'गाडी राम्रोसँग चल्न नसकेको देशमा प्रधानमन्त्रीले रेल दौडाइसक्नुभयो,' सभापति देउवाले भने, 'घरमा किनेर ग्यास सिलिण्डरमा बाल्न नसकेको बेला चुल्हा चुल्हामा पाइप फिटिङ गरिसक्नु भयो, यत्रो सय वर्षमा हजार मेगावाट विद्युत उत्पादन हुन सकेको छैन, प्रधानमन्त्रीले १० हजार मेगावाट उत्पादन गरिसक्नुभयो।'
 
देउवाले प्रधानमन्त्रीको 'हावादारी' कुराले वाहवाही पाएको प्रति आश्चर्य प्रकटसमेत गरे।

'यस्तै हावादारी कुरालाई सबैले वाहवाही गरिरहेका छन्,' उनले भने, 'बजेटमा पनि यस्तै कुरा राख्छु भनेर आश्वासन राखिसक्नु भयो। फेरि पनि बजेटमा आश्वासन अनुसार हावादारी कार्यक्रम ल्याउन लागिएको छ।'

देउवाले सरकारले बजेटमा आश्वासन ल्याउनु भनेको जनताको ट्याक्स र विदेशी जनताको ट्याक्सको सहयोगको दुरुपयोग हुने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell