PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

मृत्युको ३ महिनापछि सुशील कोइरालाको नाममा रकम निकासा



पहिलोपोस्ट

काठमाडौँ : मृत्युको तीन महिनापछि अर्थ मन्त्रालयले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको उपचार खर्च वापत तीन लाख रुपैयाँ निकासा गरेको छ।

कोइरालाको निधन गएको वर्ष माघको अन्तिम साता भएको हो। अर्थ मन्त्रालयले भने वैशाख महिनामा बजेट उपशीर्षक नम्बर ६०२०१५३ मा ३ लाख ३ हजार ७ सय २९ रुपैयाँ निकासा परराष्ट्र मन्त्रालयको नाममा गरेको हो।

तत्कालीन मन्त्रिपरिषद्ले उनको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो। यस अनुसार उनले अमेरिकामा उपचार गराउँदा त्यतिबेला निकासा भएको रकम अपुग भएपछि अहिले यति रकम निकासा भएको हो।

कोइरालाको जिब्रोको क्यान्सर उपचार अमेरिकामा भएको थियो। यसको फलोअपका लागि उनी पछिल्लो पटक निधन हुनु तीन महिनाअघि अमेरिका गएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell